+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आएनन् तिब्बती च्यांग्रा, खाद्यले सहुलियतमा खसीबोका मात्रै बिक्री गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १८:००

२३ भदौ, काठमाडौं । तिब्बतबाट च्यांग्रा नआउँदा यो वर्ष पनि मुस्ताङमा च्यांग्राको अभाव देखिएको छ । मुस्ताङमै च्यांग्रा नपाइएपछि यो वर्षको दशैंमा सहुलियतमा खसीबोका मात्रै बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

१४ सय च्यांग्रा सहुलियतमा बिक्री गर्ने कम्पनीको योजना पूरा नहुने देखिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले बताए । ‘१६ सय खसीबोका र १४ सय च्यांग्रा किन्न बजेट बिनियोजन गरे पनि च्यांग्रा पाइएन,’ उनले भने,‘ मुस्ताङको भने पनि यस अघि तिब्बतबाट नेपालतर्फ चर्न आउने च्यांग्रा खरिद भएर नेपाल आउने रहेछ तर कोभिडका कारण यस पर्ष पनि च्यांग्रा आएनन् ।’

कोरोना महामारीका कारण चीनले कोरला नाकामा दुई वर्षदेखि कडाइ गर्दा च्यांग्रा र भेडीचरण तथा त्यस क्षेत्रमा हुने हाटसमेत प्रभावित भएको कम्पनीले जनाएको छ । मुस्ताङमा च्यांग्रा नपाइएपछि यस वर्ष ६ करोड रुपैयाँको तीन हजार हाराहारी खसीबोका खरिद गर्न लागिएको खनालले बताए । घटस्थापनाको एक दुई दिनअघि काठमाडौं आइपुग्ने गरी हेटौंडा, दाङ र नेपालगञ्जबाट यो वर्ष खसीबोका ल्याउने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।

कसरी खरिद हुन्छ सहुलियतको खसीबोका ?

कम्पनीले खसीबोका किन्ने तय गरेको जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाको कृषि, खाद्य र पशुचिकित्सक सहभागी प्राथमिक खरिद समिति गठन गरिएको छ । उक्त समितिले जिल्ला र वरपर चलेको मूल्यको आधारमा खसीबोकाको जिउँदो मूल्य तय गर्ने खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ । प्रमुख जिल्ला अधिकारीले मूल्य तय गर्ने र खसीबोकाको स्वास्थताको मापदण्ड पशु चिकित्सकमार्फत तय गरिने कम्पनीका नायब महाप्रबन्धक खनाल बताउँछन् ।

समितिले निश्चित गरेको मूल्य र स्वस्थ्य मापदण्डका आधारमा घटस्थापनाको एक साता अघि जिल्लस्थित खाद्यको डिपोले खसीबोका बिक्री गर्न किसानलाई आह्वान गर्ने र किसानमार्फत किन्ने कम्पनीले जनाएको छ । खरिद गरेको दुईदिन भित्र खसीबोका काठमाडौं ल्याइने र घटस्थापनाको दिनदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक बिक्री केन्द्रबाट बिक्री सुरु गरिने खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?