+
+

गोविन्दाकी पत्नी सुनिताको आक्रोश–‘जिन्दगीभर कृष्णाको अनुहार हेर्न चाहन्नँ’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १२:५९

बलिउड नायक गोविन्दा र उनकी पत्नी सुनिता आहुजा हालै मात्र कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’मा अतिथी बनेर पुगेका थिए । गोविन्दा र सुनिता आउने भएपछि कलाकार कृष्णाले यो भाग छायांकन गर्न अस्विकार गरेका थिए ।

कृष्णा र गोविन्दाको ३ बर्षदेखि शितयुद्ध चलिरहेको छ । यसैले, पनि आफू र मामा गोविन्दाले एकसाथ स्टेज शेयर गर्दा मिडियामा मसला हुने भन्दै कृष्णाले शोको यो भाग छायांकन गर्न अस्विकार गरेका थिए ।

तर, कृष्णाको यो व्यवहारबाट गोविन्दा र उनकी पत्नी सुनिता भने खुशी छैनन् । सुनिताले आफूले जीवनभर कृष्णाको अनुहार हेर्न नचाहेको प्रतिक्रिया दिएकी छिन् । भारतीय मिडियासँग कुरा गर्दै सुनिताले भनेकी छिन्–‘कृष्णाले उक्त भागको छायांकन गर्न नमानेर जुन कुरा हाम्रो परिवारको बारेमा बोलेका छन्, यसले मलाई निक्कै नै दुःखी बनाएको छ । गतबर्ष नै गोविन्दाले एक विज्ञप्ती जारी गर्दै घरको बिषयलाई सार्वजनिक रुपमा मसला नबनाउने बताएका थिए । गोविन्दा यो कुरामा स्पष्ट छन् । तर, कृष्णाले सार्वजनिक रुपमा नै बोलेपछि यो बिषयमा कुरा गर्न आवश्यक छ भन्ने मलाई लाग्छ ।’

सुनिताले अगाडि भनिन्–‘जब हामी कपिलको शोमा अतिथी बनेर पुग्छौं, कृष्णाले प्रचारका लागि मिडियामा केही न केही बोलेका हुन्छन् । यो सबै कुरा गरेर के फाइदा छ ? घरको बिषयलाई सार्वजनिक गर्नुको कुनै तुक छैन । कृष्णाविना पनि हामी उपस्थित भएको शो हिट हुन्छ । यसपटक पनि यही नै हुनेवाला छ ।’

सुनिताले कृष्णाको कमेडी प्रतिभा मामा गोविन्दाको नाम उपयोग गर्नमा नै ठिक्क भएको आरोप लगाएकी छिन् । कृष्णाले मामाको नाम नलिई आफूलाई हिट बनाउन नसक्ने दाबी सुनिताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?