+
+

काठमाडौंको दृश्य समेट्दै जान्ह्वी कपुर स्टारर ‘उलझ’ को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १३:२०

काठमाडौं । जान्ह्वी कपुर स्टारर बलिउड पोलिटिकल-थ्रिलर फिल्म ‘उलझ’को टिजर सार्वजनिक भएको छ । ५६ सेकेण्ड लामो टिजरमा जान्ह्वीले आईएफएस (इन्डियन फरिन सर्भिस)मा कार्यरत एक युवा कूटनीतिज्ञको भूमिका निर्वाह गरेकी छन् ।

प्रायः रोमान्स र ड्रामामा जान्ह्वीलाई हेर्दै आएका दर्शकले ‘उलझ’को टिजरमा उनको भिन्न अवतार हेर्न पाउनेछन् । पश्चिमा फिल्ममा हेर्दै आएको डिप्लोम्याटिक र स्पाइ जनराको झल्को यसले गराउँछ ।

टिजरले मुख्य पात्रबारे प्रकाश पार्छ । यो फिल्म एक कूटनीतिज्ञको कथा हो जो देशभक्त र प्रतिष्ठित परिवारसँग सम्बन्धित छ । जो आफ्नो करिअरको सिलसिलामा विदेशमा रहेको बेला खतरनाक षड्यन्त्रको बीचमा फस्छ ।

टिजरमा काठमाडौंको हवाई दृश्य पनि समावेश गरिएको छ । यसको अर्थ, यसको कथावस्तुसँग काठमाडौं पनि जोडिएको छ । विदेशी फिल्म नेपालमा छायांकनका लागि प्रबन्ध गर्दै आएको आइसफल प्रोडक्सनका अनुसार यो फिल्मको केही दृश्य गत वर्ष नै काठमाडौंमा खिचिएको हो ।

फिल्मको टिजर इन्स्टाग्राममा सेयर गर्दै जान्ह्वीले लेखेकी छन्, ‘झुट, छल र विश्वासघातको दुनियाँमा प्रवेश गर्नुहोस् । उलझ सिनेमा घरमा जुलाई ५ मा रिलिज हुँदैछ ।’ सुधांशु सारिया निर्देशित यो फिल्मलाई बलिउडको जंगली पिक्चर्सले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?