+
+

‘मुन्नाभाइ ३’ बन्ने, निर्देशक चोपडा भन्छन्- फिल्ममार्फत सन्देश पनि दिनेछु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १२:०९

काठमाडौं । विधु विनोद चोपडाको फिल्म ‘टुवेल्थ फेल’ले भारतीय हलमा रजत जयन्ती पूरा गर्‍यो । अवस्था यस्तो आयो कि चोपडा आफैंले हल सञ्चालकलाई बोलाएर जबरजस्ती फिल्म नचलाउन आग्रह गर्नुपर्‍यो ।

फिल्मले राम्रो व्यापार गरिरहेकोले हटाउन आवश्यक नरहेको हल मालिकले बताएका थिए । चोपडाले आजको समयमा कुनै पनि फिल्मको रजत जयन्ती पूरा हुनु आफैंमा ठूलो कुरा भएको बताए । पछिल्लो फिल्मको अभूतपूर्व सफलतापछि निर्देशक चोपडाले आगामी फिल्मबारे महत्वपूर्ण अपडेट दिएका छन् ।

उनले मिडिया अन्तर्वार्तामा ‘मुन्नाभाइ ३’ को बारेमा जानकारी दिए । यो फिल्मको लेखन भइरहेको र बन्ने निश्चित भएको उनले बताए ।

‘म तपाईंलाई एउटा रोचक कुरा बताउँछु । १८ सातामा मैले पीभीआरका मान्छेलाई फोन गरें । मैले उनलाई फिल्म अहिले नै निकाल्न भनें, किन चलाउन जबरजस्ती गर्दै हुनुहुन्छ । उनीहरुले फिल्म हेर्न दर्शक आउँदैछन्, त्यसैकारण चलाएको बताए,’ चोपडाले भने, ‘यो सुनेर म खुसी र अचम्मित दुवै भएँ । आजको समयमा कुनै पनि फिल्मले रजत जयन्ती पूरा गर्दैन । ओटीटीमा फिल्म कति हप्ता चलेको छ त्यो पनि हेर्नुहोस् ।’

जब चोपडालाई उनको फिल्म ‘मुन्नाभाइ ३’ बारे सोधियो, उनले भने, ‘यो फिल्मको लेखन भइरहेको छ । यो फिल्म पक्कै बन्नेछ । म यसको ग्यारेन्टी गर्दैछु । साथै यो फिल्ममार्फत जनतालाई सन्देश पनि दिनेछु भन्न चाहन्छु ।’

उनले भने, ‘आज पनि मानिसले त्यो जादुयी अँगालो बिर्सन सकेका छैनन् । त्यसैले अब हामी केही नयाँ ल्याउनेछौं ।’ सन् २००३ र २००६ मा रिलिज भएका दुवै फिल्मका श्रृंखला हिट भएका थिए । सर्किट र मुन्नाको जोडीले बक्स अफिसमा हलचल मच्चाएको थियो ।

‘ट्वेल्थ फेल’ पनि जुलाई महिनामा चीनमा रिलिज हुने निर्देशकले बताए । जापान र दक्षिण कोरियामा पनि रिलिजको सम्भावना रहेको उनको भनाइ छ । अहिले उनी ‘स्टार्ट फ्रम जिरो’ नामक अर्को फिल्ममा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?