+
+

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १८:४२

२५ भदौ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवसाँ फातिमाले भेट गरेकी हुन् ।

भेटमा एमसीसी सम्झौता अगाडी बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताएका छन् । यस्तै एमसीसीकी उपाध्यक्ष फतिमा सुमरले एमसीसी छिट्टै संसदबाट छिटो अनुमोदन हुने विश्‍वास व्‍यक्त गर्दै नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्‍वास व्‍यक्त गरिन् ।

बिहीबार काठमाडौं आएकी सुमारसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेको थियो। सोही दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग फातिमाले एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेकी थिइन् ।

यस्तै शुक्रबार बिहान नेकपा मावादी केन्द्रका अध्‍यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी थिइन् भने दिउँसो ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग सिंहदरवार पुगेर घेटघाट गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?