+
+

पर्यटन क्षेत्रका श्रमिकलाई जिविकोपार्जन पुनर्उत्थान कार्यक्रम शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १४:३४

२७ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जिविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजनाको कार्यान्वयन शुरु भएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार अगाडीबाट कार्यक्रम शुरुवात गरिएको हो ।

कार्यक्रममार्फत कोभिड–१९ बाट अतिप्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी ल्याइएको कार्यक्रमको कार्यान्वयका लागि होटल संघ नेपाल र नेपाल पर्यटन बोर्डबीच सम्झौता भए अनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा उक्त कार्यक्रम सुरुवात भएको हो । होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले कार्यक्रमको शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै प्रथम उपाध्यक्ष शाहले यस कार्यक्रमको प्रशंसा गर्दै प्रभावित श्रमिकहरुलाई दशैं अगाडि केही राहत पुग्ने र काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटोघाटो सरसफाई र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौं महानगरपालिकालाई पनि सहयोग पुग्ने बताए ।

उनले यस कार्यक्रमको श्रम दिन पाँच हजार रहेको र एउटा श्रमिकले बढीमा ४० दिन काम गर्न सक्ने गरी योजना बनाइएको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा-९ का वडा सदस्य राम राईले वडाबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा, ट्रेड युनियनको तर्फबाट वंशी भट्टराईले आफ्नो धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?