+
+
Shares

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १८:५७

सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ।

सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा (जिरो ईएमआई) प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि-बुकिङ गर्न सकिनेछ।

यसका साथै प्रि-बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ। भदौ २० गतेबाट प्रि-बुकिङ शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुनेछ।

प्रि-बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सकिने छ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइट मा लगइन गरी आवेदन दिन सकिन्छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?