
फाइल तस्वीर
२९ भदौ, काठमाडौं । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।
सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई पठाउने प्रचलन भए पनि चार जना वरिष्ठ सहसचिव भने प्रदेशमा पठाइएनन् । बलराम रिजाल, आभा श्रेष्ठ, नारायण सापकोटा र गोविन्द रिजालले भने प्रदेशमा जानुपरेन ।
शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि जगेडामा राखिएका झक्कप्रसाद आचार्य र यमलाल भुसाल दुबै जना प्रदेश मन्त्रालयमा सरुवा भएका छन् ।
हेर्नुहोस् को कहाँ सरुवा भए ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4