+
+

प्रतिपक्षको अवरोधले बजेट पारित नभएको भ्रम छरियो : एमाले

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १७:२३

३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधको कारणले बजेट समयमा पारित नभएको भ्रम सिर्जना गरिएको बताएको छ । महासचिव ईश्वर पोखरेलले बुधबार प्रेस वक्तव्य जारी गर्दै बजेट सरकारकै प्राथमिकतामा नरहेको उल्लेख गरेका छन् ।

‘यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिररहेको छ । जबकि प्रतिनिधिसभाको बैठक शुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन,’ वक्तव्यमा भनिएको छ ।

३० भदौभित्रै बजेट पारित गर्नुपर्ने बिर्सेर संसद बैठक ४ असोजमा सारिएको भन्दै एमालेले आपत्ति जनाएको छ । ‘आफूलाई इच्छा लागेको विजनेस स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो ?’ वक्तव्यमा उल्लेख छ ।

सरकार र सभामुखका कारण नै प्रतिनिधिसभा बैठक अवरोध गर्नुपरेको एमालेको भनाइ छ । ‘सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानूनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको छ,’ पोखरेलद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

गत २३ भदौदेखि एमालेले प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । २५ भदौमा बजेट अध्यादेश विधेयक पेश भए पनि बजेट भने पारित हुन सकेको छैन । बजेट पारित नभएपछि राज्यकोष सरकारले खर्च गर्न नपाउने स्थिति आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?