+
+

घरबेटीलाई प्रहरीको अनुरोध – डेरावालको फोटोसहित विस्तृत विवरण राख्नू

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १२:०८

७ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक-पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ ।

प्रहरीले जारी गरेको पर्चा –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?