+
+

यस्तो बन्यो एकीकृत समाजवादीको पदाधिकारी टिम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते २१:३९

७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको हो ।

सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल उपमहासचिव भएका छन् ।

यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव तोकिएका छन् ।

सचिवालयले उपाध्यक्षमा चार जनाको नाम प्रस्ताव गरेको थियो, जसमा राजेन्द्र, प्रमेश, धर्मनाथ र जयन्ती मात्र थिए । अहिले उपाध्यक्ष बनाइएका केशवलाललाई सचिवमा राखिएको थियो भने राजेन्द्र राई पदाधिकारीमा थिएनन् ।

तर राईलाई छुटाएकोमा असन्तुष्टि देखिएपछि केशवलाललाई उपाध्यक्षमा लगियो र उनलाई सचिव बनाउने सहमति भयो । त्यसमा पनि असन्तुष्टि सम्बोधन नगरेपछि घनेन्द्र र मुकुन्द न्यौपानेलाई पनि उपाध्यक्ष बनाउने प्रस्ताव आयो । तर मुकुन्द उपाध्यक्ष बस्न चाहेनन् । त्यसपछि केदार न्यौपानेलाई उपाध्यक्ष बनाइएको छ ।

मुकुन्द न्यौपाने भने वरीयता क्रममा तेस्रो नम्बरमा रहनेछन् । अध्यक्ष नेपालपछि वरिष्ठ नेता झलनाथ खनाल र त्यसपछि न्यौपानेलाई राखिएको छ ।

बैठकले ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । प्रदेश तथा जिल्ला इन्चार्ज तोक्कोनुका साथै केन्द्र बाहेक सबै कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?