+
+
Shares

बुढीगण्डकी बनाउन दबाब दिँदै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ असोज १० गते १८:४७

१० असोज, काठमाडौं । बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले आयोजना छिटो शुरु गर्न माग गरेका हुन् ।

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा असोज ४ गतेदेखि माइतीघरमा धर्नामा बसेका प्रभावित क्षेत्रका वासिन्दा आइतबार नाराबाजी र प्रदर्शन गर्दै बानेश्वरसम्म आएका हुन् ।

पानी परिरहेका बेला रुझ्दै प्रभावित क्षेत्रका वासिन्दा नारा लगाउँदै माइतीघरबाट वानेश्वरतर्फ आएका थिए । उनीहरुले बुढीगण्डकी आयोजना छिटो बनाऊ, बुढीगण्डकी आयोजनामा राजनीति बन्द गर, हामीलाई सुकुम्बासी बनाउन पाइँदैनलगायतका नारा लगाएका थिए ।

बुढीगण्डकी प्रभावितले बुढीगण्डकी आयोजना निर्माणको मोडालिटी छिटो टुंग्याउनुपर्ने, घर, गोठ, बोटविरुवाको मुआब्जा दिनुपर्ने, दर्ता छुट भएका जग्गाको भोगचलनको आधारमा मुआब्जा दिनुपर्ने, सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गरेकाहरुलाई मापदण्ड बनाएर मुआब्जा दिनुपर्नेलगायतका माग राखेका छन् ।

बुढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले एक हप्ता धर्ना बस्दा पनि सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै अब सिंहदरबार र बालुवाटार घेराउ गर्ने चेतावनी दिए ।

हेर्नुहोस्  थप तस्वीरहरु 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?