+
+

कराते प्रिमियर लिगमा सहभागी हुन अनु आज मस्को जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १७:०१

१२ असोज । रुसको राजधानी मस्कोमा आयोजना हुने कराते-१ प्रिमियर लिगमा भाग लिन खेलाडी अनु अधिकारीलाई मंगलबार त्यसतर्फ प्रस्थान गदैछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमका बीच साग स्वर्णधारी समेत रहेकी अनुलाई राष्ट्रिय झण्डाका साथ बिदाइ गरे ।

खेलाडीलाई शुभकामना दिंदै सदस्य–सचिव सिलवालले उक्त प्रतियोगिताले नेपाली खेलाडीहरुको स्तर मापन गर्ने र नेपाललाई विश्व खेल मञ्चमा परिचय गराउने बताए । प्रतियोगितामा स्तरीय खेल प्रदर्शन गर्न र प्रतियोगिताबाट नयाँ खेल कौशल सिकेर आउन पनि उनले सुझाव दिए ।

विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन बनेका खेलाडीहरुको समेत सहभागिता रहने र्‍याङ्किङ प्रतियोगितामा अनुले ५५ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । प्रत्येक तौल समूहमा विश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रशिक्षक दीपक श्रेष्ठले बताए ।

खेलाडी अनुको हाल विश्व कराते ¥याङ्किङमा १६३ औं स्थान रहेको छ । यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडीहरु ओलम्पिकका लागि स्वतः छनौट हुने खेलाडी अनुले जानकारी गराइन् । यो लिग आगामी ओलम्पिकका लागि शुरुवाती चरण भएको समेत उनले बताइन् ।

अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु एक्लै मस्को जानेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?