+

क्रिकेट मैदानको काम समयमा नसकेपछि दैनिक २ लाख बढी जरिबाना तिर्दै ठेकेदार कम्पनी

२०८२ असार  ३२ गते १४:३० २०८२ असार ३२ गते १४:३०
क्रिकेट मैदानको काम समयमा नसकेपछि दैनिक २ लाख बढी जरिबाना तिर्दै  ठेकेदार कम्पनी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति र फ्लडलाइट जडानको काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ।
  • शहरी विकास मन्त्रालयले दैनिक ०.०५ प्रतिशत हर्जना तोकेको छ जुन दैनिक करिब २ लाख रुपैयाँभन्दा बढी हुन्छ।
  • संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले दैनिक हर्जना तिरेर काम गर्न पाइने कानुनी व्यवस्था रहेको जानकारी दिए।

३२ असार, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार हर्जना लगाइएको हो ।

सम्झौताअनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । जुन करिब दैनिक २ लाखभन्दा बढी हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए ।

प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले सआर ३० गते नै ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइसकिएको बताए । ‘असार ३० गते नै निर्माण कम्पनीहरुलाई पूर्वनिर्धारित क्षतिपूर्ति (हर्जना)बारे जानकारी गराइसकेका छौं । मंगलबार देखि उहाँहरु दैनिक हर्जना तिरेर काम गरिरहनुभएको छ । अब काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ’ उनले भने ।

यसरी हर्जना तिरेर बढीमा २ सय दिनसम्म अर्थात आयोजनको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था रहेको पनि उनले बताए । सो अवधिमाा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था छ ।

तर, निर्माण कम्पनीले १ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ । ४ हजार कुर्सि फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।

प्यारापिटतर्फ वित्तिय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तिय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

त्रिवि क्रिकेट मैदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय