+
+

डीडीसीले बढायो घिउको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १५:२९

१५ असोज, काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्‍याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी दिए । बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको उनले बताए ।

सरकारले दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरिरहेको र कात्तिक २४ सम्म भने बढेको मूल्यमा ५० रुपैयाँ छुट पाइने उनको भनाइ छ ।

अघिल्ला वर्षका मुख्यचाड पर्वमा उपभोक्तालाई सहुलियतमा घिउ लगायतका दूग्ध पदार्थ बिक्री गरिरहेको डीडीसीले यसपटक भने दशैंको मुखैमा घिउको मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने आपत्ति जनाएका छन् । चाडपर्वमा उपभोक्तालाई सहुलियतदिनु पर्नेमा उल्टै मूल्य वृद्धि गरिनु बदमासी भएको भन्दै अधिकारकर्मीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा सहुलियतमा वस्तु बिक्री गर्नु पर्ने बेलामा झनै मूल्य बढाएर डीडीसीले बदमासी गरेको उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल मर्जहनले बताए । ‘महामारीले पीडामा परेका उपभोक्तामाथि राज्यका निकायहरुबाटै शोषण गरिनु बेइमानी हो,’ मर्हजनले भने । मूल्य वृद्धि गरेर निजी क्षेत्रको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने बनाएर सरकारी संस्थानमाथि उपभोक्ताको पहुँच घटाउन डीडीसी लागेको पनि उनको आरोप छ । केही समय अघि म्याद सकिएको मख्खनबाट बनेको घिउ बिक्रीको घटना तोडमोड गर्न मूल्य बढाइएको आशंका पनि उनले गरे ।

अर्का उपभोक्ता अधिकारकर्मी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सीनाले घिउमा गरिउको मुल्य वृद्धि फिर्ता लिन डीडीसीसँग आग्रह गरे । आर्थिक वर्षको सुरुवात वा चाडपर्व पछि समयानुकुल मूल्य बढाउन सकिए पनि चाडपर्वको मुखैमा मूल्य बढाएर उपभोक्ताप्रति संस्थानको छबी बिगार्ने काम गरेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?