+
+
एनभीएल क्लब भलिबल च्याम्पियनसिप :

पाँच सेटमा खेल जित्दै एपीएफ र न्युडायमण्ड फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १६:२२

१५ असोज, काठमाडौं। साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लब छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवैले विपक्षीलाई ५ सेटमा पराजित गर्दै उपाधि भेट पक्का गरेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा हरायो ।

निकै रोमाञ्चक विभागीय डर्मीमा पाँचमध्ये ३ सेट टाईब्रेकमा पुगेको थियो। पहिलो सेटमा एपीएफले टाईब्रेकमा २७-२५ ले आफ्नो पक्षमा पार्द अग्रता लिएको थियो । तर आर्मीले दोस्रो सेटमा पुनरागमन गर्दै २५-२१ ले जित्यो। तेस्रो सेट आर्मीले टाईब्रेकमा २७-२५ ले जित्दै खेलमा अग्रता बनाउन सफल भएको थियो ।

चौथो सेटमा पनि आर्मी जित नजिक पुगेको थियो । तर एपीएफले टाईब्रेकमा २६-२४ ले सेट जित्दै २-२ को बराबरीमा पुर्‍यायो। पाँचौ तथा निर्णायक सेट १५-१३ ले जित्दै एपीएफले जित हात पारेको हो ।

यस्तै कभर्डहलमै भएको दोस्रो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३-२ कै सेटमा हरायो। खेलमा पुलिसले दुई पटक अग्रता लिएपनि न्य डायमण्डले पुनरागमन गर्दै खेल जितेको हो ।

पुलिसले पहिलो सेट २५-१८ ले जित्दै अग्रता लिएको थियो । दोस्रो सेट न्यु डायमण्डले २५-१७ ले जित्दै बराबरी गर्‍यो । तेस्रो सेट २५-२१ ले जित्दै पुलिस पुनस् खेलमा अग्रता बनाएको थियो । तर न्यु डायमण्डले पुनरागमन गर्‍यो र चौथो सेट पनि २५-१७ ले नै जित्दै खेल बराबरीमा पुर्‍यायो । पाँचौ तथा निर्णायक सेट १५(१० ले सहजै जित्दै न्यु डानयमण्डले खेल जितेको हो ।

अब एपीएफ र न्यु डायमण्डबीचको फाइनल खेल शनिवार हुनेछ । यस्तै आर्मी र पुलिसबीच तेस्रो स्थानको लागि खेल हुनेछ । विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?