+
+
Shares

पार्टीमा रूपान्तरण आवश्यक छ: पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १८:१२

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन् ।

पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको बताएका हुन् ।

‘पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ । तर, हुनुपर्ने रूपान्तरणको हो,’ पौडेलले प्रश्न गरे, ‘अहिलेको पार्टी सञ्चालन कसरी भइरहेको छ, यो अवस्थामा रूपान्तरण चाहिएको हो कि पुस्तान्तरण ?’

उनले पार्टी सही बाटोमा हिँडेको भए पुस्तान्तरणको बहस नै आवश्यन हुने भन्दै पार्टीका नेताहरूले बहसलाई ठिक बाटोमा हिडाउन सक्नुपर्ने बताए ।

‘यदि पार्टीमा सबै संगठनहरू परिचालन हुन सकेको भए, समयमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न सकेको भए, पार्टी विचारबाट सञ्चालन भएको भए, रूपान्तरणको आवश्यकता हुने थिएन,’ पौडेलले भने, ‘जव रूपान्तरण हुन्छ, तब पुस्तान्तरणको बहस नै आउँदैन । त्यसैले आजको आवश्यकता रूपान्तरण हो , युवा साथीहरू भ्रममा नबस्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?