+
+

एमालेका कमिटीहरुमा अधिकतम सदस्य संख्या निर्धारण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १४:४३

१७ असोज, काठमाडौं । नेकपा एमालेले केन्द्रदेखि टोल कमिटीसम्म सदस्य संख्या निर्धारण गरेको छ । विधान महाधिवेशनबाट एमालेले केन्द्रदेखि टोल कमिटी निर्माणमा समेत सदस्य संख्या निर्धारण गर्ने भएको हो ।

२२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अगाडि बढाएको एमालेले प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, जिल्ला, पालिका, वडा र टोल कमिटीको समेत सदस्य संख्या निर्धारण गरेको छ ।

प्रदेश कमिटीमा ५० जनालाई आधार संख्या मान्ने र हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पाँच/पाँच जना थपिनेछन् । उपत्यका विशेष प्रदेश कमिटीमा पनि ५० जना आधार संख्या हुनेछन् भने प्रत्येक शाखाबाट पाँच जना थपिनेछन् ।

जिल्ला कमिटीमा पनि ५० जना नै आधार संख्या हुनेछ भने प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट १५ जना थपिनेछ । पालिका तहको कमिटीमा पनि ५० जना नै आधार संख्या संख्या हुनेछन् भने प्रत्येक वडाबाट पाँच जना थपिनेछ ।

वडा कमिटी संख्या पनि निर्धारण गरिएको छ । महानगरको वडामा १०१, उपमहानगरको वडामा ८५, नगरपालिका/गाउँपालिकामा ७५ सदस्यीय कमिटी हुनेछ ।

टोल कमिटीमा बढीमा ३१ सदस्यीय हुनेछन् । सबै कमिटीले कमिटीको एक चौथाइ संख्या नबढ्ने गरी सचिवालय बनाइने भएको छ । उपमहासचिव विष्णुप्रसाद पौडेलले हलमा प्रस्तुत गरेको प्रस्ताव पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?