+
+
Shares

विद्यालय कर्मचारीको उमेर हद कायम गर्न केन्द्रको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १८:२८

१९ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम गर्न निर्देशन दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै शिक्षक सरह विद्यालय प्रशासन, लेखा र सहयोगी कर्मचारी तथा अस्थायी शिक्षकको सेवामा रहने अधिकतम उमेर ६० वर्ष कायम गर्ने निर्देशन दिएको हो ।

केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले मन्त्रालयले २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णयलाई गत असोज ८ को सचिवस्तरीय निर्णयअनुसार उमेर हद कायम गर्न गराउन सबै शिक्षा विकास तथा समन्वय इकाई र सबै स्थानीय तहलाई निर्देशन दिएका हुन् ।

सूचनामा प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, सामुदायिक सिकाइ केन्द्रका परिचालिका तथा सहयोगीको समेत शिक्षक सरह अधिकतम उमेर हद ६० वर्ष कायम गर्न भनिएको छ । शिक्षा विकास तथा समन्वय इकाई लगायत अन्य सरकारी निकायमा कार्यरत कार्यालय सहयोगी, सुरक्षा गार्ड, चालक, सरसफाइर्मीको उमेर हदसम्बन्धी अस्पष्टता भए निजामति सरकारी कर्मचारी सरह हुने गरी ५८ वर्ष कायम गर्ने उल्लेख छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?