+
+
Shares

विद्यालय कर्मचारी आन्दोलित, माग पूरा नभए ५ असारमा कामकाज ठप्प पार्ने

विद्यालयका कर्मचारीहरू आन्दोलित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बजेट वक्तव्यमा आफ्ना माग सम्बोधन नभएपछि विद्यालयका कर्मचारीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
  • आन्दोलनको कार्यक्रमअनुसार उनीहरूले २८ जेठदेखि असार ४ गतेसम्म कालो पट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् ।
  • आफ्ना मागहरू पूरा नभए असार ५ गते विद्यालयको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन् ।

२९ जेठ, काठमाडौं । विद्यालयका कर्मचारीहरू आन्दोलित भएका छन् ।

बजेट वक्तव्यमा विद्यालय कर्मचारीका मागहरू सम्बोधन नभएपछि नेपाल विद्यालय कर्मचारी परिषद्को समन्वयमा विद्यालय कर्मचारी युनियन, कर्मचारी संगठन, सामुदायिक विद्यालय कर्मचारी संघ र अखिलको संयुक्त मोर्चाले आन्दोलनको घोषणा गरेको हो ।

चरणबद्ध आन्दोलनको कार्यतालिका अनुसार सरकार, अर्थमन्त्रालय तथा अर्थमन्त्री, शिक्षामन्त्रालय तथा शिक्षामन्त्री र मानव स्रोत विकास केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्ला कार्यसमितिको नेतृत्वमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रशासन कार्यालयहरू सबैमा ध्यानाकर्षण गराएका छन् ।

आ–आफ्ना क्षेत्रका निर्वाचित जनप्रतिनिधिलाई जानकारी गराउँदै संघीय सदनमा आवाज उठाउन पनि उनीहरूले भनेका छन् ।

कर्मचारीले थप आन्दोलनको घोषण गरेका छन् । २८ गते देखि असार ४ गते कालो पट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् ।

माग पूरा नभए असार ५ गते सम्पूर्ण कामकाज ठप्प गर्ने निर्णय भएको कर्मचारीले गरेका छन् ।

असार ६ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्ने कर्मचारीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?