+
+

सरकारले भन्यो- मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग मागेको भन्ने कुरामा सत्यता छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १३:३६
फाइल तस्वीर

२२ असोज, काठमाडौं । सरकारले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने आएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

जवाफमा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘प्रधान्यायाधीशले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषयमा सत्यता नरहेको भन्दै यस किसिमको भ्रममा नपर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment