+
+

उफ् ! यो जाम (फोटोफिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ असोज २५ गते ९:५४

२५ असोज, काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको लर्को लागेको छ । खुसी र उमंग बोकेर दशैं मनाउन जतिसक्दो छिटो घर पुग्न मानिसहरु आतुर छन् । तर घर फर्किने बेला सडकमा हुने अत्यासलाग्दो जामले भने हैरानै बनाएको छ ।

काठमाडौं उपत्यकाको प्रमुख नाका नागढुंगादेखि नै सवारी साधनहरुको जाम छ । नागढुंगाको डाँडाबाट हेर्दा जाममा रोकिएका गाडीका ताँती सुरुङमार्ग निर्माणस्थलभन्दा पनि परसम्म देखिन्छ । जाम खुलाउन ट्राफिक प्रहरीलाई समेत धौधौ परेको छ । सो क्षेत्रमा आइतबार राति पनि जाम थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । तर कति जनाले काठमाडौं छाडे भन्ने एकिन तथ्यांक भने छैन ।

 

हेर्नुहोस् नागबेली सडकमा सवारी साधनको जाम :

 

 

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?