+
+

गण्डकीमा मन्त्री डोबाटे विश्वकर्माले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १७:३६

२५ असोज, पोखरा । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए ।

उनलाई मन्त्रीको सूचीबाट हटाएकामा प्रदेश सरकारको विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?