+
+

मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २७ गते ७:१९

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।

मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।’

उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो । यसैगरी सोमबार कास्कीमा आठ जना र अछाममा चार जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?