+
+

नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १८:४८

१ कार्तिक, चितवन। चितवनको नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् ।

नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् ।

पानीको बहाव हिजोबाट बढेको र धमिलो पनि भएकोले हालसम्म उद्धारकार्य जारी भएपनि फेला नपरेको विष्टले बताए । उनले पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेको तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको प्रहरी निरीक्षक बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?