+
+

डडेलधुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु, दुुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते ११:५९

२ कात्तिक, धनगढी । डडेलधुरामा पहिरोले घर पुुरिदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले पहिरोमा पुुरिएर अवस्थीको सोमबार राति मृत्यु भएको पुष्टि गरे । उनकाअनुसार डडेलधुरामै पहिरोमा परेर अन्य थप दुई जना घाइते भएका छन् ।

अमरगढी नगरपालिका–१ मा पहिरोमा परेर दुई जना घाइते भएको बताउँदै एसएसपी चन्दले उनीहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए । घाइते दुवै जनाको परिचय भने खुुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?