+
+

नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने चीनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते २०:१०

२ कात्तिक, काठमाडौं । चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप अनुदानमा दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँग मंगलबार भएको टेलिफोन कुराकानीका त्रफममा चिनियाँ विदेशमन्त्री वाङ यीले खोप सहयोग घोषणा गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुईमन्त्रीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।

चिनियाँ विदेशमन्त्री यीले नेपाली समकक्षी खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment