+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

महाकालीको बाढीमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १८:०२
Photo Credit : करबीर चन्द ठकुरी

२ कात्तिक, धनगढी। कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको जाकारी दिए।

उनका अनुसार नदीमा फसेका मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुबाट रुखमा चढेको अवस्थामा सकुशल उद्धार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?