+
+

टी-२० विश्वकपमा नामिबियाको ऐतिहासिक जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते ६:३४

काठमाडौं । डेभिड वाइजले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि नामिबियाले आईसीसी टी-२० विश्वकपमा बुधबार ऐतिहासिक जित हात पारेको छ ।

पहिलो चरण अन्तर्गत समूह ए को खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्‍यो । टी-२० विश्वकपमा नामिबियाको यो पहिलो जित हो ।

दक्षिण अफ्रिकाबाट यसअघि टी-२० खेलिसकेका वाइजले अविजित ६६ रन बनाएपछि नामिबियाले १६५ रनको लक्ष्य ६ बल अगावै चार विकेट गुमाएर पूरा गर्‍यो । उनले ४० बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरे । जेजे स्मिथ १४ रनमा अविजित रहे । कप्तान जेरार्ड एरासमसले ३२ रन जोडे ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेन, कोलिन अकरमन, टिम भान डेर गुटेन र कप्तान पिटर सिलारले समान एक/एक विकेट लिए ।

त्यसअघि आबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले म्याक्स ओ डोडको अर्धशतक मद्दतमा चार विकेट गुमाएर १६४ रन बनाएको थियो । ओ डोडले ५६ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ७० रन बनाए । कोलिन अकरमनले ३५ रन बनाउँदा विकेटकिपर स्कट एडवार्ड्ले ११ बलमा अविजित ११ रन जोडे । नामिबियाका जान फ्राईलिंकले २ तथा डेभिड वाइजले एक विकेट लिए ।

पहिलो जितपछि नामिबियाले दुई खेलबाट दुई अंक जोडेको छ । नामिबिया पहिलो खेलमा श्रीलंकासंग पराजित भएको थियो । नेदरल्याण्ड्सको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेदरल्याण्ड्स आयरल्याण्डसंग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?