+
+

आचार्यको मुख्यमन्त्री पदको छिनोफानो आइतबार मात्र

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते २०:०४

५ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएको छ ।

शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरिदिए ।  अब उक्त प्रस्तावमाथि छलफल र मत विभाजन भने आइतबार अर्थात कात्तिक ७ गते हुनेछ । त्यसका लागि कात्तिक ७ गते दिउँसो १२ बजेका लागि बैठक बोलाइएको छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?