+
+

यू-२३ एसिया कप छनोटमा नेपाल इरानसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते २०:२८

८ कात्तिक, काठमाडौं । एएफसी यू-२३ एसिया कप छनोटको पहिलो खेलमै नेपाल इरानसँग ४-० ले पराजित भएको छ ।

समूह बी अन्तर्गत ताजिकिस्तानको दुसानबेमा भएको खेलमा नेपालले दोस्रो हाफमा कमजोर प्रदर्शन गर्दा चार गोल बेहोरेको थियो ।

रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा इरानले पेनाल्टी समेत गुमाएको थियो ।

दोस्रो हाफमा भने इरानले चार गोल गर्न सफल भयो । इरानका लागि खेलको ४७औं मिनेटमा मेहदीले पहिलो गोल गरेका थिए । यसका लागि होसेनले ७७ औं र ७९ औं मिनेटमा गोल गरे भने यासिनले इन्जुरी समयमा गोल गरे ।

इरानले जितपछि ३ अंक जोड्दा नेपालले हारबाट प्रतियोगिता शुरुवात गरेको छ ।

नेपालले अब बिहीबार दोस्रो खेल आयोजक ताजिकिस्तानसँग खेल्नेछ । यस्तै अन्तिम खेल आइतबार लेवनानविरुद्ध हुनेछ ।

छनोटमा कुल ११ समूहमा प्रतिस्पर्धा हुनेछ र हरेक समूहको विजेतासँगै उत्कृष्ट चार उपविजेता पनि यू-२३ एसियन कपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?