+
+

बार्सिलोना रायो भालेकानोसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ६:३९

काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाको खराब प्रदर्शन जारी रहेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० ले पराजित भयो ।

खेलमा बार्सिलोनाका मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न चुके ।

भालेकानोका लागि राडेमेल फाल्काओले निर्णायक गोल गरेका थिए । उनले खेलको ३०औं मिनेटमा गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउने अवसर पाए पनि सदुपयोग गर्न सकेन । ७२औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार भालेकानोका गोलकिपर स्टोल दिमीत्रेभ्स्कीले बचाएका थिए ।

जितपछि भालेकानोले ११ खेलबाट १९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

बार्सिलोना भने १० खेलबाट १५ अंकसहित नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment