+
+

के अर्सलानको प्रेममा छिन् ऋतिककी पूर्व पत्नी सुजैन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ११:४७

बलिउड नायक ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खानको प्रेम चर्चा बी टाउन बजारमा खुबै चलिरहेको छ । सुजैनले मंगलबार आफ्नो ४३ औं जन्मदिन मनाइन् । उनको जन्मदिनमा अर्सलान गोनी पनि सहभागी थिए । अर्सलान र सुजैनको प्रेम चर्चा बलिउडमा केही दिनदेखि चलिरहेको छ । जब, सुजैन र अर्सलानले एकसाथ केक काटेको भिडियो सार्वजनिक भयो यसपछि भने यो चर्चाको बिषय बनेको छ ।

सुजैनको जन्मदिनको अवसरमा शुभकामना दिदै अर्सलानले लेखेका थिए–‘ह्याप्पी बर्थ डे डार्लिङ । म प्रार्थना गर्छु कि, तिम्रो यो बर्ष शानदार होस् । जिन्दगीमा मेरो बेष्ट दिलसँग भेट भएको छ । तिमीले जे चाहेकी छौं, त्यो सबै पुरा होस् भनेर म भगवान्सँग प्रार्थना गर्छु । धेरै धेरै प्रेम ।’ सुजैनले अर्सलानको शुभकामनामा प्रतिक्रिया दिदै मेरो सबै थोक भनेर लेखेकी छिन् ।

सुजैन र नायक ऋतिक रोशनले सन् २००० मा बिहे गरेका थिए । उनीहरु सन् २०१४ मा अलग भएका थिए । अर्सलान एक कलाकार हुन् । उनले, केही चलचित्रमा अभिनय समेत गरेका छन् । अर्सलानसँग प्रेमको चर्चा चलेपनि सुजैनले भने यो बिषयमा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?