+
+

कैलालीमा स्रोत नखुलेको साढे ८ लाख रुपैयाँसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १३:४१

१५ कात्तिक, धनगढी । कैलाली प्रहरीले स्रोत नखुलेको साढे ८ लाखसहित तीन जनालाई पक्राउ गरेको छ ।

धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका-१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का,१८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूको साथबाट तीन हजार दुई सय भारतीय रूपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम बराबरका चाँदीका विभिन्न गरगहन पनि बरामद गरिएको डीएसपी विष्टले बताए ।

नगद र गरगहनासहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?