+
+

तालिबान भारततर्फ आए हवाइ हमला गर्न तयार छौं : योगी आदित्यनाथ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १३:४८
फाइल तस्वीर

१५ कात्तिक, काठमडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारततर्फ तालिबान आउन खोजे आफूहरू हवाइ हमला गर्न तयार रहेको बताएका छन् । आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आदित्यनाथले तालिबान भारतमा प्रवेश गर्न खोजे आफूहरू हवाइ हमला गर्न तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री नरेन्द्रो मोदीको पालामा भारत शक्तिशाली बनिरहेको र कुनै पनि मुलुकले चुनौती दिन नसक्ने उनको दाबी छ ।

‘आज नरेन्द्र मोदीको नेतृत्वमा मुलुक शक्तिशाली बनेको छ र कुनै पनि मुलुकसँग भारततर्फ आँखा उठाएर हेर्ने हिम्मत छैन,’ मोदीलाई उदृत गर्दै भारतीय समाचार माध्यमले उल्लेख गरेका छन्, ‘तालिबानका कारण पाकिस्तान र अफगानिस्तान हैरान भएका छन् । तर भारतमा प्रवेश गर्न खोजे हामीहरू हवाइ हमला गर्न तयार रहेको कुरा तालिबानलाई राम्रोसँग थाहा छ ।’

कार्यक्रममा बोल्ने क्रममा आदित्यनाथले राज्यका आफ्ना विरोधीको समेत घुमाउरो पाराले आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?