+
+

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १७:२६
प्रतीकात्मक तस्वीर

१५ कात्तिक, काठमाडौं । विश्वभर कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५० लाख नाघेको छ ।

वर्ल्डोमिटरको पछिल्लो विवरण अनुसार कोभिड-१९ बाट मृत्यु हुनेको संख्या विश्वभर ५० लाख १७ हजार ६ जना पुगेको हो । हालसम्म कोरोनाभाइरसबाट ज्यान गुमाएकामध्ये झण्डै आधा मानिस अमेरिका, युरोपेली युनियन, बेलायत र ब्राजिलका छन् ।

कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या अमेरिकामा सबैभन्दा धेरै छ । वर्ल्डोमिटरका अनुसार हालसम्म कोरोना संक्रमणबाट ७ लाख ६६ हजार २९९ जना अमेरिकीको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै छ ।

ब्राजिलमा हालसम्म ६ लाख ७ हजार ८६० जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् । त्यस्तै, भारत तेस्रो स्थानमा छ । पछिल्लो विवरणसँगै अहिलेसम्म भारतमा ४ लाख ५८ हजार ४७० जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् ।

मृत्यु हुनेको संख्या धेरै हुने मुलुकको सूचीमा मेक्सिको चौथो स्थानमा छ । मेक्सिकोमा हालसम्म २ लाख ८८ हजार ३६५ ले ज्यान गुमाएका छन् । पाँचौं स्थानमा रहेको रुसमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ६९३ रहेको छ ।

पछिल्लो विवरणअनुसार विश्वभर अहिलेसम्म २४ करोड ७५ लाख ५८ हजार ९२६ कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसमध्ये २२ करोड ४२ लाख ११ हजार ९९ जना निको भएका छन् ।

कोरोना संक्रमण पुष्टि धेरै भएका प्रमुख पाँच मुलुकको सूचीमा अमेरिका पहिलो र भारत दोस्रो स्थानमा छन् । अमेरिकामा हालसम्म ४ करोड ६८ लाख २३ हजार ९३८ र भारतमा ३ करोड ४२ लाख ८५ हजार ८१४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिल, बेलायत र रुस क्रमश: तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?