१६ कात्तिक, काठमाडौ । फुटबर्स मिसन टुगेदरले आयोजना गरेको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि झापा भेट्रान्स फुटबल क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा एफई खुमलटार भेट्रान्स क्लबलाई २–१ ले पराजित गर्दै झापा च्याम्पियन बनेको हो ।
श्यामकुमार गोलेले दोस्रो हाफमा दुई गोल गरेपछि झापाले पुनरागमन जित हात पारेको हो । ६० मिनेटको खेलको पहिलो हाफको २७ औं मिनेटमा कप्तान नरेन्द्र लामाले गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए ।
झापाका लागि गोलेले ३९ औं र इन्जुरी टाइममा गोल गरे । प्रतियोगिताको विजेता झापाले ५ लाख तथा उपविजेता खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतिक्रिया 4