+
+

युरोपमा पुन: फैलिन थाल्यो कोरोना भाइरस

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १८:५२

१८ कात्तिक, काठमाडौं । युरोपमा कोरोनाभाइरस महामारी पुन: फैलिन थालेको छ । डेल्टा भेरियन्टका कारण संक्रमण दर बढ्न थालेसँगै विश्व स्वास्थ्य संगठनले गम्भीर चेतावनी दिएको छ ।

संक्रमित मानिस बढ्न थालेपछि फेब्रुअरीसम्म ५ लाखले कोभिड-१९ का कारण ज्यान गुमाउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक वरिष्ठ अधिकारीले बताएका हुन् ।

बिहीबार पत्रकार सम्मेलनमार्फत् डब्लूएचओको युरोप कार्यालयका प्रमुख हान्स क्लुजेले युरोपमा पुन: कोभिड-१९ फैलिन थालेको भन्दै फेब्रुअरीसम्म थप ५ लाख मानिसको मृत्यु हुने बताए । युरोपेली मुलुकमा जारी संक्रमणको गति गम्भीर चिन्ताको विषय भएको पनि उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरणअनुसार एक हप्ताभित्रै कोभिड संक्रमणपछि अस्पताल भर्ना हुने मानिसको संख्या दोब्बरले बढ्न थालेको छ । बढी संक्रामक मानिने डेल्टा भेरियन्टका कारण संक्रमण दर बढ्न थालेको हो ।

डब्लूएचओले बुधबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा लगातार पाँचौं हप्तादेखि युरोपमा कोभिडका बिरामी बढिरहेको उल्लेख छ ।

हाल युरोपको संक्रमण दर विश्वकै खराब रहेको छ । बेलायत, रुस, टर्की र रोमानियामा संक्रमण दर ह्वात्तै बढ्न पुगेको छ । औसतमा १ लाख परीक्षण हुँदा १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइन्छ । जुन दर उत्तर र दक्षिण अमेरिकामा ७२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?