
२४ कात्तिक, काठमाडौं । तराईवासीको ठूलो पर्व छठको अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।
काठमाडौंको गौरीघाट, थापाथली लगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना सहित अर्घ दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् ।
कोरोना महामारीका कारण गत वर्ष काठमाडौंका जलाशयमा यसरी छठ घाट बनाएर छठ पूजा गरिएको थिएन । धेरैले घरमै सामान्य पोखरी र जलाशय बनाएर पूजा गरेका थिए । यस वर्ष भने गुह्येश्वरी गौरीघाट क्षेत्रमा हजारौं भक्तजन छठ पूजा गर्न भेला भएका थिए ।
त्यस्तै काठमाडौंको थापाथलीमा पनि छठ पूजा गर्नेको संख्या धेरै थियो । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गरेकी छन् । छठी माताको प्रतिमामा पूजा आराधना गरी उनले गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरिन् ।
हेर्नुहोस् काठमाडौंको गौरीघाट र थापाथलीमा गरिएको छठपूजा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4