+
+

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा धुब्रकुमार श्रेष्ठ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १५:०१

२८ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा सुर्खेतका ध्रुबकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई आइतबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव आनन्द सारुले जानकारी दिए ।

२०४८ सालदेखि कानुनी क्षेत्रमा काम गर्दैआएका श्रेष्ठ काँग्रेस निकट हुन् । कानूनी क्षेत्रमा लामो कार्य अनुभव रहेका श्रेष्ठले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

मुख्य न्यायाधिवक्ता श्रेष्ठले आइतबार नै शपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?