+
+

धनगढीले जित्यो उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १८:३२

२८ कात्तिक, काठमाडौं। ललितपुर महानगरपालिका विरुद्ध शानदार रुपमा पुनरामागम गरेको धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा धनगढीले ललितपुरलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा सुटआउटमा भएको थियो । जसमा धनगढीले बाजी मार्‍यो ।

पेनाल्टी सुटबउटमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरिन् । ललितपुरकी निर्मला बिकले गोल गरिन् ।

त्यसअघि ललितपुरले दुई गोलको अग्रता जोगाउन नसक्दा धनगढीले पुनरागमन गरेको थियो ।

खेलको १२औं मिनेटमा मनिषा सेनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन् । १६ औं मिनेटमा निर्मला बिकले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारिन् । तर २४ औं मिनेटमा धनगढीकी सिमा रावलले गोल गर्दै स्कोर घटाइन् ।

३९ औं मिनेटमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई ३-१ को अग्रता दिलाईन् । पहिलो हाफमा ललितपुरले दुई गोलको अग्रता कायमै राखेको थियो । तर ४९ औं ६४ औं मिनेटमा चन्द्रा भण्डारीले गोल गरेपछि धनगढीले खेल बराबरी गरेको थियो ।

च्याम्पियन धनगढीले नगद ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको ललितपुरले ३ लाख प्राप्त गरेको छ । फाइनल पुगेका दुवै टोली राष्ट्रिय महिला लिगमा समेत छनोट भइकसेका छन् ।

व्यक्तिगत विधातर्फ पनि धनगढीकै वर्चस्व रह्यो । धनगढीका उषा नाथ उत्कृष्ट गोलकिपर, सरस्वती रोकाय उत्कृष्ट मिडफिल्डर, चन्द्रा भण्डारी उत्कृष्ट फरवार्ड र राघवान्दर कार्की उत्कृष्ट प्रशिक्षक घोषित भए । ललितपुरकी सृजना सिंह उत्कृष्ट डिफेन्डर बनिन् । उत्कृष्ट सबैले २०-२० हजार प्राप्त गरे ।

झापाको कन्काई नगरपालिकाकी दिपा शाहीले उत्कृष्ट खेलाडी बन्दै नगद ५० हजार हात पारिन् । कैलालीको जानकी नगरपालिकाले फेयर प्लेको अवार्डसहित नगद ५० हजार पायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?