+
+

सगरमाथा आधार शिविरमा विभागको फिल्ड कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १६:४५

१४ वैशाख, काठमाडौं । वसन्त ऋतुको हिमाल आरोहणको नियमन तथा सहजीकरणका लागि सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरिएको छ ।

विभागका अनसार फिल्ड कार्यालयको प्रमुखका रुपमा नापी विभागका उपसचिव खिमलाल गौतम तोकिएका छन् । केन्द्रमा भने सम्पर्क अधिकृतको खटनपटन तथा सबै गतिविधिको नियमन र सहजीकरण गर्न भने पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

सो समितिमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाली सेना, पर्यटक प्रहरी, हिमालयन उद्धार संघ, सगरमाथा आरोही संघलगायत निकायका प्रतिनिधि सदस्य रहेका छन् । यो समितिको सदस्य सचिव समेत गौतम तोकिएका छन् ।

सरकारले यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि सरकारले ७७ जना सम्पर्क अधिकृतलाई विभन्नि हिमालका लागि सम्पर्क अधिकृत तोकेको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाएको छ । त्यसमध्ये कतिपय फिल्डमा पुगिसकेका छन् भने कतिपय अझै फिल्डमा पुग्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?