+
+

कात्तिक नाच : मंगलबजारमा यस्तो देखियो (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ मंसिर २ गते ११:४९

२ मंसिर, काठमाडौं । ललितपुरको मंगलबजारमा नाचिने ३८० वर्ष पुरानो कात्तिक नाच सम्पन्न भएको छ । बुधबार राति र बिहीबार बिहान नृसिंह नाच नाचेसँगै कात्तिक नाच अन्तर्गतका सबै नाच सकिएको हो ।

यसवर्ष ८ दिनसम्म चलेको यो नाच गत वर्ष कोरोना महामारीका कारण दुई दिन मात्रै चलेको थियो । ललितपुरस्थित तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायका अनुसार यो बिहीबारबाट कात्तिक नाच सकिएको हो । अब शनिबार विशिष्ट पाहुनाहरू बोलाएर यसको औपचारिक समापन गर्ने तयारी भइरहेको उनले बताए ।

पाटन कृष्ण मन्दिरसँगै रहेको चार नारायण मन्दिर अगाडिको कात्तिक डबलीमा हरेक वर्ष १२ दिनसम्म यो नाच नचाउने गरिन्छ । नेपाल सम्वत ७६१ (वि. सं. १६९७)मा तत्कालीन राजा सिद्धिनरसिंह मल्लको पालामा शुरु भएको मानिन्छ । सोही समयदेखि यो नाच अविछिन्न रुपमा ललितपुरमा देखाउँदै आइएको किम्वदन्ती छ ।

कात्तिक नाच तान्त्रिक विधिबाट नाचिने नाच हो । यसका अधिकांश घटनाहरु विष्णु पुराणका कथाहरुसँग सम्बन्धित छ । शुरु ५ दिनसम्म मनाउने गरिएको यो नाच १५ दिन, २७ दिन हुँदै हाल १२ दिनसम्म मनाइन्छ ।

पहिलो दिन सुदामा प्याखँ, भक्त सुरदास प्याखँ, बाथ प्याखँ, युद्ध कला, देवी नृत्य, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण हुँदै अन्तिम दिन दधिलीला मनाउने गरिन्छ । तर यस वर्ष नृसिंह नाच नाचेसँगै पूजा सकिएको हो ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?