+
+

नेशनल पेमेन्ट स्विच सञ्चालनमा जोडिए २९ वित्तीय संस्था

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १७:००

२ मंसिर, काठमाडौं । नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि १८ वटा वाणिज्य बैंकसहित २९ वटा वित्तीय संस्थाहरु आबद्ध भएका छन् ।

नेपाल क्लियरिङ हाउसलाई नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले केहीदिन अघि मात्रै स्वीकृति प्रदान गरेको थियो ।

स्वीकृति पाएपछि स्वीच सञ्चालन गर्न हाउससँग १८ वाणिज्य बैंक, ५ विकास बैंक र ६ वटा फाइनान्स गरी २९ बैंक तथा वित्तीय संस्थाहरु जोडिएका हुन् ।

बिहीबार आयोजित विशेष समरोहमा हाउस र बैंक तथा वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा जोडिएका बै‌ंकहरुः 

१. कृषि विकास बैंक

२. बैंक अफ काठमाण्डु

३. सेञ्चुरी कमर्सियल बैंक

४. सिटिजन्स बैंक

५. एभरेष्ट बैंक

६. हिमालयन बैंक

७. लक्ष्मी बैंक

८. माछापुच्छ्रे बैंक

९. मेगा बैंक

१०. नबिल बैंक

११. एनआईसी एसिया

१२. एनसीसी बैंक

१३. नेपाल बंगलादेश बैंक

१४. एनएमबी बैंक

१५. प्रभु बैंक

१६. प्राइम कमर्सियल बैंक

१७. सानिमा बैंक

१८. सनराइज बैंक

विकास बैंकहरु:

१. मुक्तिनाथ विकास बैंक

२. गरिमा विकास बैंक

३. कामना सेवा विकास बैंक

४. लुम्बिनी विकास बैंक

५. महालक्ष्मी विकास बैंक

फाइनान्स कम्पनीहरु:

१. गुडविल फाइनान्स

२. सेन्ट्रल फाइनान्स

३. आईसीएफसी फाइनान्स

४. मञ्जुश्री फाइनान्स

५. रिलायन्स फाइनान्स

६. समृद्धि फाइनान्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?