+
+

आईएमई जनरल इन्स्योरेन्सद्वारा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १३:०७

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स सोलुखुम्बु र ओखलढुंगा शाखाको संयुक्त आयोजनामा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ ।

बिमा समितिको प्रतिनिधिको रोहबरमा आयोजना गरिएको तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । बिमा समितिबाट जारी कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बिमा क्षति मूल्याकनकर्ताको व्यवस्था गर्न तालिमको आयोजना गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तालिम पश्चात कृषि तथा पशुपन्छी बिमाको क्षतिका लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मूल्यांकनकर्ताले मूल्यांकन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले आफ्ना ग्राहकलाई बिमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले गरेको छ ।

तालिम सोलुखुम्बुको पत्ताले गुठीभवनमा कात्तिक २८ देखि ३० गतेसम्म सञ्चान भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?