+
+

ऋण नतिरे इच्छाराजको सुन्धारास्थित भवन लिलामी गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १५:१०

६ मंसिर, काठमाडौं । कर्मचारी सञ्चय कोषले व्यवसायी इच्छाराज तामाङको स्वामित्वमा रहेको सिभिल स्टेट्स प्रालिलाई आफ्नो ऋण तिर्न आउन भन्दै ३५ दिने सूचना जारी गरेको छ । एक सार्वजनिक सूचनामार्फत कोषले सुन्धारास्थित सीटीसी मल धितोमा राखेर लिइएको ऋण तिर्न ताकेता गरेको हो ।

ऋणको सावाँ र ब्याज रकम भुक्तानीको लागि दिइएको भाका नाघेको भन्दै कोषले ३५ दिनभित्रै ऋण तिर्न नआए सिटीसी मल लिलामी गर्ने बताएको छ । यदि धितोबाट रकम असुली नभए जमानी दिनेहरुको व्यक्तिगत सम्पत्तिबाट असुल गरिने सूचनामा उल्लेख छ ।

सुन्धारास्थित ६ रोपनी जग्गामा रहेको मलको सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन् । ८२ हजार ९५ वर्गफिटको यो मलमा १३२ पसल उपलब्ध छन् ।

मल धितोमा राखेर ऋण लिँदा तामाङ, श्रेष्ठ र मुखियासहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन् । कोष स्रोतमा अनुार कम्पनीले करिब २० करोड रूपैयाँ ऋण तिर्न बाँकी छ । नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि सूचना निकालिएको  कोषका एक अधिकारीले बताए ।

*यस समाचारमा सिटीसी मल धितो राखेको हुनुपर्नेमा भूलवश सिभिल मल उल्लेख भएकाले सच्याएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?