+
+

प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौतीले पायो वैधता

सर्वोच्च अदालतको संशोधित नियमावली राजपत्रमा प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १९:१५

६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले वैधता पाएको छ ।

सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । कुनै पनि सरकारी निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र त्यसले वैधानिकता पाउने कानुनी व्यवस्था छ ।

मंसिर २ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गरेको थियो ।

उक्त संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौतीले वैधानिकता पाएको छ, अब सबै मुद्दाको पेशी गोला प्रथाबाट तोकिने भएको छ ।

संशोधित नियमावलीको नियम २० मा लेखिएको छ, ‘अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलासको गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुनेछ ।’

हेर्नुहोस् संशोधित नियमावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?