+
+

एनसेललाई दुई अन्तर्राष्ट्रिय अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १३:२२

काठमाडौं । एनसेलले दुई वटा विद्यामा अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण भेगका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सञ्चालन गरेकोमा दुई वटा अन्तर्राष्ट्रिय अवार्डले सम्मानित भएको एनसेल आजियाटा लिमिटेडले जनाएको छ ।

एनसेलका अनुसार यो कार्यक्रमका लागि विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको हो ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उक्त अवार्ड एनसेललाई हस्तानतरण गरेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासंघले नेपालको प्रतिनिधित्व गर्दछ ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रम माझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ) विधा अन्तर्गत जितेको हो ।

त्यस्तै गत कात्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वर्ल्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधा अन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।

‘१०० भन्दा बढि योग्य, नवीन तथा राम्रा आवेदनहरुको समीक्षा गर्ने हामीले मौका पायौं,’ विट्साका सेक्रेटरी जनरल जीम पोइसन्टले शुक्रबार कार्यक्रममा देखाइएको भिडियो सन्देशमा भने, ‘इनोभेटिभ इ–हेल्थ सोलुसन्स् अन्तर्गत एनसेल आजियाटा लिमिटेड विजयी भएको छ । दुरदराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिहरुको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो ।’

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको थियो ।

‘हाम्रो सामाजिक जिम्मेवारी अन्तर्गत सुरु गरिएको स्वास्थ्य सम्बन्धी यस नविन कार्यक्रमले प्रतिष्ठित विट्सा र एसोसीओ अवार्ड जित्न सफल भएकोमा हामी निकै खुसि छौ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने, ‘यस पहलले दुरदराजका जनसमुदायको जीवन रक्षा गर्न मद्दत गर्नुको साथै आफ्नै ठाउँमा नै सेवा उपलब्ध हुने भएकाले शहरका अस्पतालमा जाँदा लाग्ने समय र स्रोत बचत गर्नमा योगदान गर्दछ ।’

यो कार्यक्रमले १५ हजार भन्दाबढी घरधुरीका जनसमुदायहरुलाई दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवामा प्रतक्ष्य योगदान गर्ने चोङले बताए ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले एनसेलसँगको सहकार्यमार्फत  अन्तर्राष्ट्रिय पुरस्कार पाउनु ठूलो सम्मान भएको भन्दै नागरिकलाई सजिलै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यो कार्यक्रम २० वा सो भन्दाबढी स्वास्थ्य केन्द्रमा लागु गर्ने योजना रहेको बताए ।

टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा सञ्चालन गरिएको चार वटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा संचालन भइरहेको छ । यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?