+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शिवशिखर सहकारीले नेपालगञ्जमा खोल्यो ‘गार्डेन मार्ट’को १४औं शाखा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ७:०१

१२ मंसिर, काठमाडौं । गोल्डेन मार्टको १४ औं शाखा नेपालगन्जमा सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मार्ट सञ्चालनमा ल्याएको हो । आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्यइएको संस्थाले जनाएको छ ।

पश्चिम नेपालको व्यवसायिक हवका रुपमा रहेको नेपालगञ्जमा शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याएको सस्थाका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए । उनका अनुसार १४ वटा शाखामा २ सय ८० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । यो वर्ष लक्ष्य अनुसार शाखा विस्तार भएमा १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने अध्यक्ष शर्माले बताए ।

मार्टमा उपकार ब्रान्ड लगायत अन्य विभिन्न ब्राण्डका चामल, दाल, चिनि, चियापत्ति, चकलेट, ध्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्यागलगायत सामग्री बिक्रीमा राखिएको छ । शुभारम्भको अवसरमा मार्टले विशेष छुट समेत व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?