+
+

‘ओभरडोज’का अभिनेता प्रनिश भन्छन्- चलचित्रलाई लिएर उत्साहित छु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १८:०३

१५ मंसिर, काठमाडौं । आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् । अध्ययनको सिलसिलामा सात वर्षदेखि अमेरिका बस्दै आएका पन्त चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका हुन् ।

‘एकदमै मेहनत गरेको थिएँ । मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु । चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त पनि छु,’ पन्तले भने । उनको यो पहिलो चलचित्र हो । प्रनिशले आफूलाई बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको बताए । ‘पहिले घरबाट सपोर्ट थिएन । बाहिर गएपछि अभिनयको बाटो खुल्यो,’ उनले भने ।

अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायांकन गरिएको हो । सुमन पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ । अभिनेता पन्तले चलचित्रमा मित्रता र धोकाको कथा पनि देखाइएको बताए ।

चलचित्रमा प्रनिशराजसँगै सविनजंग थापा, वीना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता जीवनकुमार केसी हुन् । गुच्ची भाइको छायांकन रहेको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका हुन् । चलचित्रलाई जीजीए ग्रुपले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?